जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बजेटपछि सेयर बजार साताभर झरिरह्यो, प्रभावशाली कम्पनीको मूल्य घट्दा सूचक रातो

बजेटपछि सेयर बजार साताभर झरिरह्यो, प्रभावशाली कम्पनीको मूल्य घट्दा सूचक रातो

बजेट सार्वजनिक भएपछि सेयर बजारमा देखिएको सेलिङ्ग प्रेसरले साताभर निरन्तरता पाएको छ। अन्तिम कारोबार दिन शुक्रबार पनि नेप्से परिसूचक फराकिलो अंकले ओर्लियो। बजार ३३.७६ अंक खुम्चिदा परिसूचक २०७८.७० विन्दुमा सिमित हुन पुगेको छ।

बजारका धेरै प्रभावशाली मानिने कम्पनीको मूल्य घट्दा परिसूचकको लयमा प्रतिकुल असर परेको देखिन्छ। परिसूचकको सर्वाधिक हिस्सा ओगटेको वाणिज्य बैंक उपसमूह आँफै १.६८ प्रतिशत ओर्लिएको छ। बीमाका उपसमूहमा पनि बिक्रेताको अत्याधिक चाप देखियो । बीमाका दुवै प्रतिनिधि उपसमूह आज दुई प्रतिशत घटेका हुन्।

यस अतिरिक्त मेजर सेलिङ्ग प्रेसर व्यापार उपसमूह अन्तर्गतका सेयरमा देखिएको छ। उपसमूहले करिब ४५ अंक गुमायो। कारोबारमा आएका अधिकांश उपसमूहमा बिक्रेता हावी छन् । औसतमा १.६३ प्रतिशतका दरले उपसमूह घटेका हुन्।

नेप्सेमा सूचिकृत सबैभन्दा प्रभावक कम्पनी नेपाल दूरसंचारको प्रति कित्ता मूल्य पनि ११ रुपैयाँले घटेको छ। बजारको शक्तिशालि मानिने नबिल बैंकमा पनि क्रेताको आकर्षण बटुल्न असक्षम रह्यो। बैंकको मूल्य पनि अघिल्लो दिनको तुलनामा दुई प्रतिशत घटेको छ।

बलवान नेपाल पुनर्बीमा कम्पनी र एन आईसी एशिया बैंकको सेयर मूल्यमा पनि ह्रास आएको देखिन्छ । प्यानिक सेलिङ्गको परिणाम आज नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले प्रति कित्ता ०.१३ का दरले गुमाए। त्यसै गरि, एन आईसी एशिया बैंकको सेयर पनि ७३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा प्रति कित्ता साढे ५ रुपैयाँको कमि हो।

पुँजी करणको सर्वाधिक हिस्सा ओगटेका शिर्ष दश कम्पनीको मूल्यमा बिक्रि चाप कायमै छ। अधिकांश प्रभावशालि कम्पनीको सेयर मूल्य घटेको पाइयो।

अत्याधिक घटेको बजारमा अन्तिम प्रहार खरिदकर्ताको केहि सक्रियता भने देखिएको थियो। अत्याधिक घटेका कम्पनीका सेयरले आकर्षण बटुल्न सक्षम थिए। कारोबार खुलेदेखि घटेको हुँदा मूल्यको तिव्र गिरावट अधिकांश कम्पनीको सेयरमा देख्न सकिन्छ। यद्दपी, आकर्षण दिगो थिएन। केहि समय मै बिक्रेताले बजार नियन्त्रण गर्न सफल भए।

परिसूचकको घट्दो लय विपरित आज १७ वटा कम्पनीको सेयर मूल्य भने बढेको पाइयो। दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट समेत लागेको छ।

केहि समय अघि मात्र दोस्रो बजारमा सूचिकृत उपकार लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । लघुवित्तको सेयर १७५७.१० रुपैयाँमा अन्तिम कारोबार भएको हो। हालै सूचिकृत बलेफी हाइड्रोको सेयरमा लगानीकर्ताको विशेष आकर्षण कायम छ। यस कम्पनीको सेयर मूल्य पनि १५.३० रुपैयाँ बढ्दा सकारत्मक सर्किट लागेको छ।

यद्दपी, प्रमुख परिसूचक डेढ प्रतिशत अधिक घट्दा १७४ वटा कम्पनीको मूल्यमा नकारात्मक प्रभाव परेको छ। आज बुक क्लोज रेहेको किसान लघुवित्तको सेयर मूल्य सवाधिक घट्यो। लघुवित्तको सेयर झन्डै ९ प्रतिशत घटको छ। लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस प्रस्ताव गरेको हो।

उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य पनि ४.६५ प्रतिशत घट्यो। ४ प्रतिशत अधिकका दरले घटेको प्रोग्रेसिभ फाइनान्स,लिबर्टी इनर्जी, एशियन लाइफ, प्रभु लाइफ र नेपाल इन्भेष्टमेन्टको सेयर मूल्य समेत हो।

तिव्र सेलिङ्ग प्रेसरले कारोबार रकमलाई भने बढावा दिएको छ। अघिल्लो दिन एक अर्ब १६ करोड रुपैयाँमा सिमित कारोबार रकम साताको अन्तिम कारोबारमा एक अर्ब ३० करोड रुपैयाँ अधिक छ। सो रकम बराबरका साढे ३८ लाख कित्ता किनबेच भएका छन्। जसमध्ये सर्वाधिक कारोबार भएको एन आइसी एशियाको सेयर हो।

2705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका