जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राष्ट्र बैंक सञ्चालकले पाउने तलब भत्ता एकै पटक ८० प्रतिशतले वृद्धि

राष्ट्र बैंक सञ्चालकले पाउने तलब भत्ता एकै पटक ८० प्रतिशतले वृद्धि

नेपाल राष्ट्र बैंकका सञ्चालकले भत्ता बापत ३७ लाख ८६ हजार ५२८ रुपैयाँ लिएका छन् । सञ्चालकहरुले गत आवमा उक्त रकम भत्ता तथा अन्य भत्ता र सुुविधा बापत लिएका हुन् ।

सञ्चालक समितिका सदस्यले भत्ताका साथै इन्धन, सञ्चार, सवारी चालक, पत्रपत्रिका, इन्टरनेट तथा औषधि उपचार खर्च पाउने गरेका छन् ।
राष्ट्र बैंकले बोर्ड सदस्यलाई दिने भत्ता ९ हजार रुपैयाँ दिने गरेको छ । २०७८ मंसिर १ गतेदेखि लागू हुने गरी ५ हजारबाट बढाएर ९ हजार रुपैयाँ पुर्याईएको छ । राष्ट्र बैंक सञ्चालक समिति सदस्यले पाउने तलब भत्ता एकै पटक ८० प्रतिशतले बढेको छ ।

गत आवमा भत्ता बापत सञ्चालक मधु मरासिनीले ७ लाख ४३ हजार ४२५ रुपैयाँ लिएका छन् । जसमा भत्ता बापत २ लाख ५८ हजार र अन्य भत्ता तथा सुविधा बापत ४ लाख ८५ हजार ४२५ रुपैयाँ बुझेका छन् ।

यस्तै शिशिर कुमार ढुंगानाले ४१ हजार २३८ रुपैयाँ लिएका छन् । जसमा बैठक भत्ता बापत १० हजार रुपैयाँ लिएका छन् भने अन्य भत्ता तथा सुविधा बापत ३१ हजार २३८ रुपैयाँ लिएका छन् ।

सञ्चालक समिति सदस्य चिन्तामणी शिवाकोटीले १ लाख २५ हजार ५६४ रुपैयाँ लिएका छन् । जसमा भत्ता बापत ९० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधा बापत ३५ हजार ५६४ रुपैयाँ लिएका छन् ।

राष्ट्र बैंकबाट भत्ता बापत सञ्चालक डा. शंकर प्रसाद आचार्यले १ लाख १३ हजार ४१२ रुपैयाँ लिएका छन् । जसमा भत्ता बापत ९० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधा बापत २३ हजार ४१२ रुपैयाँ लिएका छन् । यता डा. श्री राम पौडेलले १३ लाख ३८ हजार ३५४ रुपैयाँ लिएका छन् । जसमा भत्ता बापत २ लाख ६ हजार र अन्य भत्ता तथा सुविधा बापत ११ लाख ३२ हजार ३५४ रुपैयाँ लिएका छन् ।

यस्तै सञ्चालक रामजी रेग्मीले ५ लाख ७७ हजार १९ रुपैयाँ लिएका छन् । भत्ता बापत मात्रै २ लाख १५ हजार र अन्य भत्ता तथा सुविधा बापत ३ लाख ६२ हजार १९ रुपैयाँ लिएका छन् । डा. सुबोध कुमार कर्णले ८ लाख ४७ हजार ५१६ रुपैयाँ लिएका छन् । उनले भत्ता बापत १ लाख ५२ हजार र अन्य भत्ता तथा सुविधा बापत ६ लाख ९५ हजार ५१६ रुपैयाँ लिएका छन् ।

1415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका