जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • एनएमबि बैंकको नाफा साढे ४७ प्रतिशतले बृद्धि

एनएमबि बैंकको नाफा साढे ४७ प्रतिशतले बृद्धि

एनएमबि बैंकले चालु बर्षको दोस्रो त्रैमासमा १ अर्ब ६१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको यो नाफा पोहोर ६ महिनाको तुलनामा साढे ४७ प्रतिशतले बढि हो।

बैंकले वितरण योग्य नाफा १ अर्ब ५१ करोड रुपैयाँ गरेको छ।

बैंकको कूल निक्षेप १ खर्ब ४९ अर्ब र कूल कर्जा सापट १ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। बैंकले चालु बर्षको पहिलो ५ महिनामा निक्षेपमा १४ अर्ब ६१ करोड र कर्जा तथा सापटमा २१ अर्ब ८८ करोड रुपैयाँले बृद्धि गर्न सफल भएको छ।

वाणिज्य बैंकहरुको समूहमा एनएमबिको २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ ३.८६ प्रतिशतबाट वृद्धि भई पुसमा ३.९५ प्रतिशत र कर्जातर्फ ४.१९ प्रतिशतबाट वृद्धि भई ४.४३ प्रतिशत पुगेको छ।

निक्षेपमा भएको बृद्धिमा बचत निक्षेपको हिस्सा ६५ प्रतिशत रहेको छ। कर्जा तथा सापट बृद्धि हुनुमा मुख्यतः कृषि, उर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको बैंकले जनाएको छ। बैंकले पुस मसान्त सम्ममा कूल ३ हजार २३७ जना ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ।

पुस मसान्तसम्ममा बैंकको पुँजी कोष अनुपात १३.६८ प्रतिशत रहेको छ भने निष्किृय कर्जाको अनुपात २.३८ प्रतिशत छ। एनएमबि बैंक विगत ४ वर्षमा ३ पटक “द बैंक अफ दि इयर” बाट सम्मानित भएको छ

5760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?