जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय काठमाण्डौलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन्।

दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयले प्रहरी वृत्त मालीगाँउलाई चेकिङ बोर्ड, सामाजिक जनचेतनामूलक पुस्तिका, आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर र मास्क हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ। मालीगाँउ वडा क्षेत्रवरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालीन समयमा प्रहरी चेकिङ गर्न सहयोग पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको हो।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र प्रहरी वृत्त मालीगाउँका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैैंकका निक्षेप बजारीकरण तथा कर्पोरेट सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

त्यसैगरी बैंकको शंखमुल शाखाद्वारा जिल्ला प्रहरी कार्यालय काठमाण्डौलाई फ्लोरेसन ज्याकेट हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ। रात्रिकालीन समयमा सडकमा खटिएका प्रहरीहरुको जोखिम व्यवस्थापनमा सहयोग पुर्याउनका लागि बैंकले उक्त सहयोग प्रदान गरेको हो।

जिल्ला प्रहरी कार्यालय काठमाण्डौका प्रहरी उपरीक्षक सीताराम रिजाललाई शंखमूल शाखाका प्रमुख पुण्य श्रेष्ठले उक्त सामग्री हस्तान्तरण गरेका थिए।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैैंकले जनाएको छ।

3465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?