जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले साढे सात लाख कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको छ। बैंकले विद्यमान संस्थापक सेयरधनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा रहेको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

उक्त सेयर खरिद गर्ने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले अबको ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।

आवेदन बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल वा कुमारी बैंकको प्रधान कार्यालयमा पठाउनुपर्ने छ।

सेयरको मूल्य बिक्रेताले तोके अनुसारको हुने बैंकले जनाएको छ। तर, तोकिएको समय भित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरे उक्त सेयर संस्थापकभन्दा बाहिर विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गरिने उल्लेख गरिएको छ।

4085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका