जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बढि रेमिटेन्स भित्र्याउने कम्पनीमा आइएमइ, बैंकमा हिमालयन, कसको कति हिस्सा?

बढि रेमिटेन्स भित्र्याउने कम्पनीमा आइएमइ, बैंकमा हिमालयन, कसको कति हिस्सा?

नेपाल राष्ट्र बैंकले विदेशबाट धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा कम्पनीहरुलाई सम्मान गरेको छ। राष्ट्र बैंकले आफ्नो ६८औं बार्षिकोत्सवको अवसरमा ६ वटा कम्पनीलाई सम्मान गरेको हो। बाणिज्य बैंकहरुको तर्फबाट सबैभन्दा बढी हिमालयन बैंकले रेमिटेन्स भित्र्याएको छ। बैंकले कुल रेमिटेन्स आप्रवाहको १६.९ प्रतिशत भित्र्याएको छ। यो बाहेक नेपाल एसबीआइ बैंकले १६.७७ प्रतिशत र ग्लोबल आइएमइ बैंकले १५.६५ प्रतिशत रेमिटेन्स भित्र्याएका छन्।

रेमिटेन्स कम्पनीका तर्फबाट सबैभन्दा बढी आइएमइ लिमिटेडले ३१.१२ प्रतिशत, सिटी एक्सप्रेसले १४.९२ र प्रभु मनी ट्रान्सफरले १०.९१ प्रतिशत रेमिटेन्स भित्र्याएका छन्।

राष्ट्र बैंकले कसले कति रकमको भित्र्यायो भनेर उल्लेख भने गरेन। गभर्नर महाप्रसाद अधिकारीले रेमिटेन्स बढी भित्र्याउने कम्पनीका प्रमुखहरुलाई सम्मान गरेका हुन्।

2900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका