जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • घोराही सिमेन्टको आईपीओ आजदेखि बिक्रीमा

घोराही सिमेन्टको आईपीओ आजदेखि बिक्रीमा

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमा प्रिमियमबापत ३०० रूपैयाँ थप गरी प्रतिकित्ता ४०० रूपैयाँमा आईपीओ विक्री गर्न अनुमति दिएको थियो ।

त्यस्तै सर्वसाधारणका लागि भने प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियमबापत ३३५ रूपैयाँ थप गरी प्रतिकित्ता ४३५ रूपैयाँमा आईपीओ विक्री गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले प्रिमियम मूल्यमा कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको थियो ।

कुल कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानी कोषहरूमा ३ लाख २८ हजार ९६१ कित्ता, कम्पनीका कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दामा ७७ हजार २९० कित्ता शेयर यस अघि बाँडफाँट गरिसकिएको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६६१ कित्ता, सामूहिक लगानी कोषका लागि ३ लाख ७७ हजार ३३१ कित्ता र कम्पनीका कर्मचारीहरूमा ३ लाख ७७ हजार ३३१ कित्ता विक्री खुला गरेको थियो । यसअघि वितरण हुन नसकेको शेयरसमेत थप गरी कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा जारी गरेको हो ।

सर्वसाधारणले आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० लाख कित्तासम्म माग गर्न सक्नेछन् । यो  आईपीओको विक्री अवधि असार ४ गतेसम्मको लागि तोकिएको छ । सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने असार १४ गतेसम्म विक्री अवधि थप हुने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिन तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

1180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका