जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सिटी एक्सप्रेस मनी ट्रान्सफरले ल्यायो नयाँ योजना

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ल्यायो नयाँ योजना

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै नयाँ योजना ल्याएको छ । एक्सप्रेस मनी ट्रान्सफरले ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना घोषणा गरेको हो ।

यस उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गरिने साथै हरेक महिना ५ जनालाई रु १ – १ लाख प्रदान गरिने जनाएको छ ।

योजनाबाट २ महिना सम्म १० जना लखपति बन्न सक्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि कार्तिक ३० गते सम्म लागू हुनेछ ।

यस अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

4415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?