जोडिनुहोस
बिहिबार, चैत्र ६, २०८१
बिहिबार, चैत्र ६, २०८१

हालको खबर

  • होमपेज
  • बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणमा प्रहरीको सक्रियता, हालसम्म ११ जना पक्राउ

बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणमा प्रहरीको सक्रियता, हालसम्म ११ जना पक्राउ

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमणका घटना बढ्न थालेपछि प्रहरीले सक्रियता बढाएको छ । देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भएको आक्रमणमा संलग्नहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो ।

हालसम्म बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भएको आक्रमण/दुर्व्यवहारका घटनामा संलग्न ११ जनालाई नियन्त्रणमा लिईसकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस्ता घटनामा संलग्न थप पाँच जना भने अझै फरार रहेका छन् । फागुन १६ गते जाजरकोटमा एनआईसी एसिया लघुवित्तका कर्मचारीमाथि कालोमोसो दल्ने र लुटपाट गर्ने ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उक्ता घटनामा संलग्न थप ३ जना भने अझै फरार रहेका छन् ।

त्यस्तै, फागुन २५ गते झापामा रहेको अभियान लघुवित्तका कर्मचारीलाई कालोमोसो दल्ने ४ जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएको छ । घटनामा संलग्न ६ जनामध्ये २ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

यता चैत २ गते पर्वतमा एनआईसी एसिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण गर्ने १ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । किस्ता उठाउन भन्दै म्याग्दीबाट पर्वत पुगेको एनआईसी एशिया बैंकका ब्रान्च मेनेजरलाई आक्रमण गर्ने एकजनालाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

3035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका