जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाल लाइफद्वारा अभिकर्ता प्रोत्साहन योजना सार्वजनिक

नेपाल लाइफद्वारा अभिकर्ता प्रोत्साहन योजना सार्वजनिक

अभिकर्ताहरुलाई प्रोत्साहन प्रदान गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि अभिकर्ता प्रोत्साहन योजना ल्याएको छ । कम्पनीले पुस महिनाको लागि पाँच इन्सेन्टिभ योजना ल्याएको हो ।

कम्पनीले ५५ हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म प्रथम बीमा शुल्क आर्जनका आधारमा अभिकर्तालाई उक्त योजनाहरुमा समावेश गराउने जनाएको छ । साथै, अभिकर्ताहरुले १ लाख रुपैयाँ बरारबरको नयाँ व्यवसाय आर्जन गरेको खण्डमा ‘नेपाल लाइफ विन्डचिटर वा पिक्निक’ इन्सेन्टिभमा १ हजार रुपैयाँको नगद इन्सेन्टिभ वा भ्रमण प्रदान गरिने भएको छ ।

यसैगरी, कम्पनीले २ लाख रुपैयाँको नयाँ व्यवसाय आर्जन गर्न सफल अभिकर्तालाई बर्दिया राष्ट्रिय निकुन्ज भ्रमणको ५० प्रतिशत खर्च वा नगद ४ हजार रुपैयाँ र ३ लाख रुपैयाँको व्यवसाय गर्ने अभिकर्ताहरुलाई बर्दिया राष्ट्रिय निकुन्ज भ्रमणको ७५ प्रतिशत खर्च वा नगद ६ हजार पाँच सय रुपैयाँको व्यवस्था गरेको जनाएको छ । साथै, कम्पनीले चार लाख रुपैयाँ भन्दा माथि प्रत्येक प्रथम बीमा शुल्क आर्जन गर्ने बीमा अभिकर्ताहरुलाई थप २ हजार रुपैयाँको इन्सेन्टिभ प्रदान गरिने समे जानकारी दिएको छ ।

860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका