जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जग्गा किनबेचका क्रममा उठेको ११ करोड कर्मचारीबाट हिनामिना, तत्कालीन ६ अधिकृतविरुद्ध मुद्दा

जग्गा किनबेचका क्रममा उठेको ११ करोड कर्मचारीबाट हिनामिना, तत्कालीन ६ अधिकृतविरुद्ध मुद्दा

जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम मालपोतका कर्मचारीहरुले हिनामिना गर्ने गरेको पाइएको छ। मालपोत कार्यालय पर्साको रजिष्ट्रेसन फाँट ‘ग’ का ७ कर्मचारीले ९ वर्षअघि राजस्व रकम हिनामिना गरेको पाइएको हो।

आर्थिक वर्ष २०७१।७२ मा ५ जना मालपोत अधिकृत, एक जना कम्युटर अधिकृत र एक जना नायब सुब्बाले राजस्व रकम हिनामिना गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले तत्कालीन मालपोत अधिकृतहरु हरिनारायण मिश्र, भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी र तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरूद्ध मुद्दा दायर गरेको हो। हिनामिनामा संलग्न तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायको भने निधन भइसकेको छ।

उनीहरुले एकै रजिष्ट्रेसन नम्बरको एकभन्दा बढी लिखत पारित गरी बढी राजस्व रकम उठेको लिखतहरुको विवरण रजिष्ट्रेसन लिखत दर्ता किताबमा प्रविष्टि नगरी हिनामिना गरेको अख्तियारको आरोप छ।

तत्कालीन नासु उपाध्यायले ५ करोड ५५ लाख २० हजार र अधिकृत मिश्रले २ करोड ९ लाख ३१ हजार रुपैयाँ राजस्व दाखिला नगरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ। यस्तै बोगटीले १ करोड ४९ लाख ६९ हजार, तिवारीले १ करोड ४१ लाख ४७ हजार, ढुंगानाले ३५ लाख ४६ हजार, अर्यालले १६ लाख ८१ हजार र भण्डारीले २ लाख ४४ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

७ जनाले ११ करोड २० लाख ३८ हजार रुपैयाँ भ्रष्टाचार गरेका हुन्।

उपाध्यायबाहेकका ६ जनाविरुद्ध बिगो जफत, त्यसको दोब्बर जरिवाना र कैद सजाय माग गरिएको छ। उपाध्यायको भने निधन भइसकेका कारण ५ करोड ५५ लाख २० हजार रुपैयाँ बराबरको सम्पत्ति उनका ४ छोराबाट असुल गर्न माग गरिएको छ।

905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?