जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल इन्स्योरेन्सको साधारण सभा हुने

नेपाल इन्स्योरेन्सको साधारण सभा हुने

नेपाल इन्स्योरेन्सले रोकिएको ७१ औं वार्षिक साधारण सभा असार ५ गते हुने भएको छ । यस अघि चैत २१ गते बोलाइएको उक्त सभा कोरोना संक्रमणका कारण स्थगित भएको हो । कम्पनीको जेठ २३ गतेको सञ्चालक समितिको बैठकले यस अघि तय भएका प्रस्तावहरु पारित हुने गरी कम्पनीको पुरानो भवन, कमलादी , काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । सभा विहान ११ बजे सुरु हुनेछ ।
सभाका लागि यस अघि तय भएका प्रस्तावहरुमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ८९ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार रुपैयाँको आधारमा लाभांश दिने प्रस्ताव अघि सारेको हो । बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपेयाँ पुग्नेछ । यसर्थ सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
कम्पनीले सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने योजना अघि सारेकोले उक्त उदेश्य कम्पनीको प्रबन्धपत्रमा थप गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ४ गतेदेखि बुक क्लोज गरेकाले त्यस दिनभन्दा अघिल्लो शेयर कारोबारमा कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांशका लागि योग्य भएका छन् ।कोरोना संक्रमणका विच सभा गर्न लागेकाले सभामा उपस्थित हुँदा कम्तीमा १ मिटरको सामाजिक दुरी कायम हुने गरि माक्स, पञ्जा लगाएतका न्यूनतम सुरक्षाको उपकरणहरु प्रयोग गर्न कम्पनीले अनुरोध गरेको ।
शेयरधनीहरुले भिडियो कन्फ्रेन्स मार्फत मन्तव्य राख्न चाहेमा दुई दिन अघि कम्पनी सचिवलाई नाम टिपाउन समेत कम्पनीले भनेको छ । भिडियो कन्फ्रेन्स मार्फत सहभागी हुन चाहनेका लागि कम्पनीले मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने व्यवस्था समेत कम्पनीले गरेको छ ।

8135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका