जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिद्धार्थ बैंकले खोल्यो एकै पटक ४ नयाँ शाखा

सिद्धार्थ बैंकले खोल्यो एकै पटक ४ नयाँ शाखा

सिद्धार्थ बैंकले शुक्रबार एकै पटक चार शाखा खोलेको छ। बैंकले सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिराहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको हो।

शाखामार्फत बैंकले सर्वसाधारण र व्यवसायीहरू माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्य लिएको छ।

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ। असोजसम्म बैंकको निक्षेप १२४ अर्ब तथा ऋण ११३ अर्ब पुगेको छ।

नयाँ चारसहित बैंकको शाखा संख्या १७१ पुगेको छ। यसमा चार वटा एक्सटेन्सन काउन्टर पनि पर्छन्। बैंकका १८७ वटा एटिएम र १६ सय भन्दा बढि पिओएस छन्।

7190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका