जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • असोज २९ गतेबाट नयाँ नोट सटही गर्न पाइने !

असोज २९ गतेबाट नयाँ नोट सटही गर्न पाइने !

नेपाल राष्ट्र बैंकले दशैं तिहारमा नयाँ नोट बजारमा उपलब्ध गराउने तयारी थालेको छ । चाडपर्वलाई लक्षित गर्दै असोज २९ गतेबाट नयाँ नोट बजारमा उपलब्ध गराउने राष्ट्र बैंकले तयारी थालेको छ ।हरेक वर्ष जस्तै यसवर्ष पनि दशैं तिहारमा बजारमा नयाँ नोट ल्याउने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले असोज २९ गतेबाट प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको हो ।राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ ।

735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका