जोडिनुहोस
सोमवार, चैत्र १७, २०८१
सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • व्यवसायिक प्रयोजनका लागि लिएको ऋण सहायक संस्थालाई बिना ब्याज लगानी गरेको भेटियो

व्यवसायिक प्रयोजनका लागि लिएको ऋण सहायक संस्थालाई बिना ब्याज लगानी गरेको भेटियो

महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। उसले सार्वजनिक गरेको प्रतिवेदनमा निजी कम्पनीहरुले एक ठाउँका लागि भनेर अन्तै ऋण प्रयोग गरेको देखिएको छ।

आन्तरिक राजस्व कार्यालय पुतलीसडक अन्तर्गतका एक करदाताले २०७५/७६ मा बैंकबाट ५५ करोड ८८ लाख ३४ हजार ऋण लिन्छन्।

उनले लिएको ऋण सञ्चालक तथा आफ्नो भगिनी संस्थालाई बिना ब्याज सापटी दिन्छन्।

करदाताले बैंकबाट लिएको ऋण व्यवसायिक कार्यमा प्रयोग नगरी सञ्चालक तथा भगिनी संस्थालाई सापटी दिएकाले त्यसको ब्याज खर्च ६ करोड ४१ लाख ५४ हजार अमान्य गरी कर १ करोड ६० लाख ३८ हजार असुल गर्न महालेखाले भनेको छ।

आन्तरिक राजस्व कार्यालय बत्तीसपुतली अन्तर्गतका एक करदाताले २०७३/७४ देखि २०७७/७८ सम्म बैंकबाट लिएको ऋण र व्यवसायिक पुँजीसमेतको रकम ५ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ दुई वटा भगिनी संस्थालाई प्रवाह गरेको देखिएको छ।

दुई भगिनी संस्थाहरुमा प्रवाह गर्नाले उक्त ब्याज खर्च व्यावसयिक आयआर्जनमा प्रयोग नआएको देखिन्छ। व्यवसायिक पुँजीलाई सम्बद्ध पक्षमा प्रवाह गरेमा त्यो बापत कुनै प्रतिफल प्राप्त गरेको छैन।

करदाताले सो अवधिमा बैंकलाई तिरेको औसत ब्याज दरले हुने आय ४८ करोड ८० लाख रुपैयाँ करदाताको आयमा समावेश गरी न्यून भएको आयकर १२ करोड १९ लाख असुल गर्नका लगि छानबिन गर्न भनिएको छ।

2245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका