जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • भरतपुर महानगरपालिकाको मतगणना रोचक बन्दैः २९ वटा मध्ये बागी उम्मेदवार जगन्ननाथको ७ र एमालेको पक्कड भएको १०, ११ र १२ वडा गने पछि मात्रै प्रस्ट तस्बिर ?

भरतपुर महानगरपालिकाको मतगणना रोचक बन्दैः २९ वटा मध्ये बागी उम्मेदवार जगन्ननाथको ७ र एमालेको पक्कड भएको १०, ११ र १२ वडा गने पछि मात्रै प्रस्ट तस्बिर ?

मनिन्छ चितवानको भरतपुर महानगरपालिकाको मतगणना रोचक बन्दै गएको छ । भन्दा फरक पर्दैन । २९ वडा मध्ये ७ नम्बर वडा काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको घर भएको वडा हो । ७ नम्बर वडा र एमालेको पक्कड गनेपछि मात्रै भरतपुर महानगरपालिकाको प्रस्ट तस्बीर आउन देखिन्छ । निकै विवाद र चर्चाको विषय बनेको भरतपुर चितवन स्थानिय चुनावमा कसको पल्ला भारी अहिले आकलन गर्न सकिने अवस्था भने छैन । २९ वटा वडा रहेको भरतपूर महानगरपालिका कसले बाजी मार्ला भन्ने कुरा ३ वटा वडाको मतपरिणामले समेत केही संकेत दिएको छैन । गठबन्धको उम्मेदवार बनेकी प्रचण्ड पुत्री रेणु दाहाल र प्रमुख प्रतिपक्ष दलको उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भईरहको छ । अहिलेसम्मको मतगणनाले को अघि बढ्ला भन्ने कुरा समेत आकंलन गर्न सकिरहेका छैनन् ।

भरतपुर महानगरपालिकामा अहिलेसम्म तीनवटा वडाहरूको मतगणना सकिएको छ । चितवनको मुख्य बजार क्षेत्र नारायणगढ र बजार बाहिरका केही ग्रामीण इलाका यी वडाहरूमा पर्दछन् । यी वडाको मत परिणामले केही संकेत गरेको त छ तर प्रष्ट तस्बिर अझै देखाएको छैन । किन कि चर्चामा रहेका मेयरका कुनै पनि उम्मेद्वारप्रति अहिलेसम्म उभार आएको छैन । सत्तारुढ गठबन्धनले मेयर पदमा उठाएको माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । एक सय– ५० मात्रै हैन, उनीहरू दुई चार भोटले अघि पछि हुँदै प्रतिस्पर्धामा बढेका छन् । मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले यी दुईले भन्दा आधा मत ल्याएका छन् ।

अहिलेसम्मको परिणामले मेयर पदमा रेनु र सुवेदीबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । तरपनि भरतपुर महानगरपालिकाका ७ नम्बर वडासम्मको मतगणनाको नतिजा आएपछि भने केही प्रष्ट हुनेछ । भरतपुरका २९ वडाहरू मध्ये धेरै मतदाता भएका वडाहरू १०, ११ र १२ नम्बर हुन् । जगन्नाथ पौडेलको खास प्रभाव वडा नम्बर ३ बाट सुरु भएको छ । एक र दुई नम्बर वडामा १२–१३ प्रतिशतका हिसाबले मत ल्याइरहेका जगन्नाथले ३ नम्बर वडाबाट त्यो बढाएर २० पु¥याए । त्यसपछि ४ देखि ७ सम्मका वडा पौडेलको प्रभावमा रहेका वडाहरू मानिएका छन् । ७ नम्बर वडा जगन्नाथकै घर भएको वडा हो ।

6200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका