जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल आइएमई बैंकद्धारा बेगनासताल डुङ्गा व्यवसायी समितिलाई सहयोग

ग्लोबल आइएमई बैंकद्धारा बेगनासताल डुङ्गा व्यवसायी समितिलाई सहयोग

ग्लोबल आइएमई बैंकको बेगनास शाखाद्धारा बेगनासताल डुङ्गा व्यवसायी समितिलाई सहयोग गरेको छ । बेगनास शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लाइफ ज्याकेट हस्तान्तरण गरेको हो ।

शुक्रबार पोखरा ३१, मन्धरेपार्कमा आयोजित एक कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलको प्रमुख आतिथ्यतामा उक्त लाइफ ज्याकेट हस्तान्तरण गरिएको हो । ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख इश्वरी प्रसाद जोशीले समितिका अध्यक्ष रविराज कंडेललाई उक्त लाइफ ज्याकेट हस्तान्तरण गरिएको थियो ।

बैंकका बेगनास शाखा प्रमुख दिनेश अधिकारीले संचालन गरेको सो कार्यक्रममा विभिन्न स्थानिय संघ संस्थाका प्रतिनिधिहरु, बैंकका कर्मचारीहरु तथा डुंगा व्यवसायिहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा बैकका प्रदेश प्रमुखले कार्यक्रम तथा बैंकको बारेमा जानकारी गराएका थिए भने वडा अध्यक्षले स्थानिय विकासमा यहाँ रहेका संघ संस्थाहरुको सहभागितामा वडाले हातेमालो गर्दै अगाडि बढ्न इच्छुक रहेको बताए। कार्यक्रम डुंगा व्यवसायी समितिका अध्यक्ष रविराज कंडेलको सभापतित्वमा सम्पन्न भएको हो ।

2965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?