जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल बंगलादेश बैंकसँगको सहकार्यमा सुन पसलको कारोबार नगदरहित

नेपाल बंगलादेश बैंकसँगको सहकार्यमा सुन पसलको कारोबार नगदरहित

नेपाल बंगलादेश बैंक र नेपाल सुनचाँदी ब्यवसायी महासंघ बिच बैंकिंग साझेदारी सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा नेपाल सुनचाँदी ब्यवसायी महासंघको तर्फबाट महासंघका अध्यक्ष माणिक रत्न शाक्यले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार महासंघसँग आवद्व सुन ब्यबसायीहरुले नेपाल बंगलादेश बैंक लिमिटेडका नेपालभरिका शाखाहरुबाट बिभिन्न बैंकिंग सुबिधाहरु प्राप्त गर्न सक्नेछन् । साथै नेपाल राष्ट्र बैंकको नगद रहित कारोवारलाई प्रवद्र्धन गर्ने नीतिलाई सफल बनाउने उद्देश्यले सुनचाँदी पसलहरुमा खरीदकर्ताहरुले नेपाल बंगलादेश बैंकको क्यूआर कोड मार्फत भुक्तानी गर्न सक्नेछन् ।

साथै नेपाल भरका महासंघ संग आवद्व महिला तथा दलित समुदाय द्वारा संचालित सुनचाँदी ब्यवसायीहरुले नेपाल बंगलादेश बैंक लिमिटेडबाट सहुलियतपूर्ण “महिला उद्यमशील कर्जा” तथा “दलित समुदाय ब्यवसाय विकास कर्जा” पनि प्राप्त गर्न सक्नेछन् । हाल नेपाल बंगलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिंग सुविधा दिंदै आएको छ ।

11885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका