जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कामना सेवा विकास बैंकको नाफा ३९ प्रतिशतले घट्यो

कामना सेवा विकास बैंकको नाफा ३९ प्रतिशतले घट्यो

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ३० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३९.४१ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा बैंकले ५० करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १०.५५ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ थियो । यस्तै, बैंकको सञ्चालन नाफा २७.१२ प्रतिशत र कुल सञ्चालन आम्दानी ४.१७ प्रतिशतले बढेको छ ।

बैंकको खराब कर्जा २.२० प्रतिशतबाट बढेर ३.२७ प्रतिशत पुगेको छ । बैंकको वितरण योग्य मुनाफा ८ करोड ३ लाख रुपैयाँ रहेको छ । बैंकले ४८ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रति सेयर आम्दानी १२ रुपैयाँ ९७ र प्रतिसेयर नेटवर्थ १४ रुपैयाँ ३३ पैसा रहेको छ ।

3385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका