जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • कामना सेवा बन्यो क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक

कामना सेवा बन्यो क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक

कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प¥याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ ।

बैंकले सोमबारबाट औपचारिक रुपमा क्रेडिट कार्ड सेवा सुचारु गरि क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैँक हुन सफल भएकोे छ ।

बैंकका अध्यक्ष श्री सुदिप आचार्यज्यू र सञ्चालक श्री विश्वेश्वर सुवेदीज्यूले संयुक्त रुपमा क्रेडिट कार्ड सेवाको समुद्घाटन गरि सेवा शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतज्यू लगायत बैंकका अन्य कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

विकास बैंकहरुको माझ नयाँ खालको प्रोडक्टहरु ल्याई ग्राहक महानुभावहरुको चाहना र आवश्यकताहरु पुरा गर्दै अगाडि बढेको हुदा नै कामना सेवा उत्कृष्ट मध्य एक विकास बैंक बनेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताउनु भयो । पोइन्ट अफ सेल मार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम् नेपाली रूपैयाँ १००० अथवा जम्मा डेबिट रकमको १० प्रतिशत सम्म झिक्न सकिने, कार्डबाट बस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम् १५ देखि ४५ दिन सम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा नेपाली रूपैयाँ १५,००० देखि ५,००,००० सम्म पाउने र नेपाल लगायत भारतमा समेत सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु यस कामना सेवा विकास बैंकको क्रेडिट कार्डमा उपलब्ध छ ।

2855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका