जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पाँच महिनाको अवधिमा बैंकहरुले लिए पौने २७ खर्ब बढी एसएलएफ सुविधा

पाँच महिनाको अवधिमा बैंकहरुले लिए पौने २७ खर्ब बढी एसएलएफ सुविधा

पाँच महिनाको अवधिमा वाणिज्य बैंकहरुले २६ खर्ब ८२ अर्ब ७० करोड १३ लाख रुपैयाँ स्थायी तरलता (एसएलएफ) सुविधा लिएका छन् । राष्ट्र बैंकका अनुसार साउन १ देखि मंसिर २९ गतेसम्म वाणिज्य बैंकहरुले उक्त रकम अल्पकालीन सापटी लिएका हुन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा बैंकहरुले केन्द्रीय बैंकबाट यस्तो सुविधा लिने गरेका छन् ।

१ हजार ५९८ कारोबारबाट बैंकहरुले उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ । मंसिर २९ गते बैंकहरुले १२ करोड ९६ लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् । वाणिज्य बैंकहरुले कात्तिक ६ गते सबैभन्दा बढी ८७ अर्ब ४६ करोड ३९ लाख रुपैयाँ लिएका छन् ।

कात्तिक १४ गते ७५ अर्ब १६ करोड ७४ लाख रुपैयाँ, असोज १४ गते ७१ अर्ब ४ करोड ७० लाख रुपैयाँ, भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बैंकहरुले सुविधा लिएका थिए । यस्तै साउन २ गते ६१ अर्ब ७४ करोड, भदौ १८ गते ५० अर्ब ४० करोड भदौ २३ गते ५२ अर्ब ७६ करोड १५ लाख रुपैयाँ यस्तो सुविधा लिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुले नगद व्यवस्थापन गर्न नसकेपछि राष्ट्र बैंकमा सरकारी ऋणपत्र (ट्रेजरी बिल्स) धितोमा राखेर थोरै समयका लागि यस्तो कर्जा लिने गरेका छन् । अहिले राष्ट्र बैंकले बैंकहरुलाई ५ दिन अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्ने व्यवस्था रहेको छ । यसको ब्याजदर ८.५ प्रतिशत रहेको छ ।

 

2605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका