जोडिनुहोस
शुक्रबार, माघ २४, २०८२
शुक्रबार, माघ २४, २०८२
  • होमपेज
  • गुराँस लाइफ इन्स्योरेन्सद्वारा रु. २३ लाख मृत्यु दाबी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्सद्वारा रु. २३ लाख मृत्यु दाबी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणघाट शाखाले बिहीबार एक कार्यक्रम गरी कावासोती नगरपालिका–१३ का बीमित स्वर्गीय कमलापति काफ्लेकी पत्नी पेमाकुमारी अधिकारी काफ्लेलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको छ।

कम्पनीका नारायणघाट शाखा प्रमुख ओमकार सिग्देलले २३ लाख ३ हजार ३ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। स्व. काफ्लेले कम्पनीमा गुराँस वार्षिक नगद फिर्ता जीवन बीमा योजना बीमा गरेका थिए र उनको केही समयपहिले निधन भएको हो।

कार्यक्रममा शाखा प्रमुख ओमकार सिग्देलले बीमा बचतसहित जीवनमा आई पर्नेयस्ता आप्रत्यासित घटनाले आश्रित परिवारमा हुने आर्थिक क्षतिको बलियो आधार हुने हुँदा उपस्थित सबैले आफ्ना लागि उचित हुने बीमा गर्नुपर्छ भन्ने कुरा राखेका थिए।

3400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका