जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सेक्युरिटी प्रिन्टिङ खरिदमा ६९ करोड घोटाला, विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दर्ता

सेक्युरिटी प्रिन्टिङ खरिदमा ६९ करोड घोटाला, विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका सीईओ विकल पौडेलसहित ९ जनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज टेंकको पावर सिस्टम खरिदमा भ्रष्टाचार गरेको भन्दै आइतबार विशेषा अदालतमा मुद्दा दायर गरेको छ ।

सीईओ पौडेलविरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ बिगो दाबी लिइएको छ । अख्तियारका अनुसार पावर सिस्टम खरिदमा बोलपत्रमा मिलेमतो, अस्वाभाविक लागत अनुमान स्वीकार, गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मरलाई भुक्तानीदेखि औचित्यहीन बल्क फ्युल टेंक सिस्टमको खरिद गरेर भ्रष्टाचार भएको पाइएको छ ।

आयोगले मेकानिकलतर्फका तत्कालिन सीडीई नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार ९ सय ४५ रुपैयाँ बिगो माग गरेको छ। पोखरेल हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन् । यस्तै हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रहेका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख ९३ हजार ८२७ रुपैयाँ बिगो मागसहित अभियोगपत्र दर्ता भएको छ ।

शाखा अधिकृत मनिकमान महर्जन, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौविरुद्ध पनि मुद्दा दायर भएको छ ।

1480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका