जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कुमारी बैंकको चुक्तापूँजी १२ अर्ब ५० करोडभन्दा बढी ..?

कुमारी बैंकको चुक्तापूँजी १२ अर्ब ५० करोडभन्दा बढी ..?

राष्ट्रिय स्तरको विकास बैंकको सूचिबाट अर्को विकास बैंकको नाम हट्ने भएको छ । देव: विकास बैंक अब औपचारिक रुपमै केहीदिनमा कुमारी बैंकमा गाभिँदै छ । कुमारी बैंक लिमिटेडको सोमबार बसेको विशेष साधारण सभाले देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारीत गरेको छ । उक्त प्राप्ति पश्चात् बैंकको चुक्तापूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा संजाल भने २०९ हुनेछ । यस विशेष साधारण सभा मार्फत प्राप्ति पश्चात् कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवःविकास बैंकको ०।८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायमहुने गरी स्वाप रेसियो स्वीकृत भएको छ । यस कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बनगरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुममार्फत शेयरधनीहरुको मन्तव्य, सुझाव लिएको थियो । अबको केही दिनमै कुमारी बैंकको नामबाट संयुक्त कारोबार हुने छ । विकास बैंकहरु मर्जर र गाभिँदै संख्यात्मक रुपमा घट्दै गएका छन् ।

9160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका