जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सानिमा बैंकले ल्यायो चाडपर्वमा विशेष छुट तथा क्यासब्याक योजना

सानिमा बैंकले ल्यायो चाडपर्वमा विशेष छुट तथा क्यासब्याक योजना

सानिमा बैंकले ग्राहकका लागि ‘Made in Nepal’ चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत कम्पनीले आफ्नो डिजिटल प्रणालीमार्फत् भुक्तानी गरेमा विशेष छुट तथा क्यासब्याकको व्यवस्था गरेको छ ।

उक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारिक केन्द्र तथा प्रतिनिधिहरुसँग सहकार्य गरिएको कम्पनीले बताएको छ । यसबाट स्थानीय उत्पादन, बिक्री प्रबर्द्धन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने छ ।

उक्त योजना असोज २७ गतेदेखि आगामी मंसिर ३ गतेसम्मका लागि लागू हुनेछ ।

ग्राहकहरुले सानिमा डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङ एपमार्फत् भुक्तानी गर्दा मर्चेन्टहरुबाट ४० प्रतिशतसम्मको छुटका साथै बैंकबाट १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको क्यासब्याकको लाभ लिन सक्नेछन् । 

कम्पनीको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

यसैगरी, सानिमा डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटल, रेष्टुरेन्ट र अन्य मर्चेन्टहरुमा विभिन्न छुटहरु प्राप्त गर्न सक्ने पनि कम्पनीले बताएको छ । 

930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका