जोडिनुहोस
सोमवार, बैशाख ३१, २०८१
सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • एनएमबि बैंकका ग्राहकहरुलाई स्काइ वाक टावरमा १० प्रतिशत छुट

एनएमबि बैंकका ग्राहकहरुलाई स्काइ वाक टावरमा १० प्रतिशत छुट

एनएमबि बैंकले स्काइ वाक टावरको सञ्चालक वन्डर्स नेपालसँग ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

ग्राहकहरूले एनएमबि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा ई–एनएमबि एप मार्फत स्काइ वाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था मिलाएको छ । यो व्यवस्था २ वर्षको लागि लागु हुनेछ ।

एनएमबि बैंक विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी, ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

बैंकले हाल देश भर २०१ शाखाहरु, १८६ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका