जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई एएसजी आई केयरमा आकर्षक छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई एएसजी आई केयरमा आकर्षक छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एएसजी आई केयर एन्ड हेल्ट सर्भिसबीच छुट सम्झौता भएको छ।

बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जनाएको छ। सम्झौतापत्रमा आज बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र एएसजी आई केयरका तर्फबाट निर्देशक डा सबिन ढकालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार एएसजी आई केयरले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका आँखासम्बन्धी ओपीडी प्याकेज (Synoptophore, Retinoscopy etc) तथा अन्य प्याकेज सेवालगायतका मागअनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिकाबाट प्रदान गर्नेछ।

आँखा चेकजाँचमा बैंकका ग्राहकलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने सम्झौतापत्रमा उल्लेख छ।

3870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका