जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राष्ट्रिय जनगणनाको धार्मिक तथ्यांक सार्वजनिक, हिन्दु ८१.१९% अन्य धर्म कति ?

राष्ट्रिय जनगणनाको धार्मिक तथ्यांक सार्वजनिक, हिन्दु ८१.१९% अन्य धर्म कति ?

राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक सार्वजनिक भएको छ । उक्त तथ्यांकमा ८१ प्रतिशतभन्दा बढी नेपालीहरु हिन्दु धर्म मान्ने गरेको देखाइएको छ । हिन्दु धर्म मान्नेको जनसंख्या २ करोड ३६ लाख ७७ हजार ७४४ जना (८१.१९ प्रतिशत) रहेका छन् । २०६८ को जनगणनाअनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरु थिए ।

राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको हो जसमा नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास रहेको जनगणनाको तथ्यांकमा समावेश छ । त्यस्तै, नेपालमा १४२ जातजाति, १२४ मातृभाषा र १० धर्म मान्ने मानिस  बसोबास गर्ने गरेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । त्यस्तै, २०६८ सालको भन्दा १७ जातजाति थपिएका छन् ।

यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका