जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • चौधरी फाउन्डेसनले वीर अस्पतालमा आइसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

चौधरी फाउन्डेसनले वीर अस्पतालमा आइसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

चौधरी फाउन्डेसनले वीर अस्पतालमा आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। कोभिड-१९को दोस्रो लहरबाट अक्सिजन र आइसियू वार्ड अभाव भइरहेका बेला फाउन्डेसनले यो घोषणा गरेको हो।

केही दिनमै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान(नाम्स) र फाउन्डेसनबीच सम्झौता हुने विज्ञप्तिमा जनाइएको छ। वीर अस्पतालमा १८ शैय्याको अत्याधुनिक आइसीयू र नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना हुने फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनका अनुसार सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक/एक वटा अक्सिजन प्लान्ट स्थापना गरिनेछ । फाउन्डेसनका अनुसार यस सम्बन्धमा दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको छ।

वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर प्रतिघण्टा रहनेछ। यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिने फाउन्डेसनको दाबी छ।

अक्सिजन प्लान्ट स्थापनाका लागि फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्ने उल्लेख छ। अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने सामग्री केही दिनभित्रै सामग्री आयात गरी प्लान्ट निर्माण हुने फाउन्डेसनको जिकिर छ। फाउन्डेसनले तत्काल अक्सिजन कन्टन्ट्रेसन आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउने समेत जनाएको छ।

आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान फाउन्डेसनको छ।चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताए।

4790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका