जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा बृक्षारोपण

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा बृक्षारोपण

सिटिजन्स बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शान्तिनगर काठमाडौंमा बृक्षारोपण कार्यक्रम गरेको जनाएको छ।

बैंकका अनुसार द रिभोलुसन प्रोजेक्टसंगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन बृहत बृक्षारोपण कार्यक्रम शान्तिनगर वडा नम्बर ९मा करिव २५० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपि सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा  स्वस्थ शिविर संचालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका जनाएको छ ।

हाल, बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

2610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?