जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आईएमई लाइफको बीमा शुल्क तेस्रो त्रैमासमा २८ प्रतिशतले वृद्धि

आईएमई लाइफको बीमा शुल्क तेस्रो त्रैमासमा २८ प्रतिशतले वृद्धि

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क अघिल्लो वर्षको भन्दा बढेको छ। कम्पनीले चालु आर्थिक वर्षको त्रैमाससम्म २ अर्ब ३७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्। 

गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेको थियो। जसमा गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २८ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको त्रैमासिकसम्म कम्पनीको नाफा १० करोड १९ लाख रुपैयाँ छ। गत वर्ष सोही अवधिकमा कम्पनीको नाफा १० करोड थियो।

कम्पनीको नाफा थोरै मात्र वृद्धि भएको छ। एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा ६० करोड ८८ लाख रुपैयाँ जम्मा भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको जगेडा कोषमा ४५ करोड रुपैयाँ थियो। 

 त्यस्तै, जीवनबीमा कोष दोब्बरभन्दा बढी वृद्धि भएको छ। जसमा कम्पनीको चालु आर्थिक वर्षको त्रैमासमा जीवन बीमा कोषमा ४ अर्ब २४ करोड रुपैयाँ छ। अघिल्लो वर्षको २ अर्ब ४९ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा जीवनबीमा कोष ७० प्रतिशतले वृद्धि भएको छ। 

कम्पनीको दाबी भुक्तानीमा पनि सुधार आएको छ। कम्पनीले चालु आर्थिक वर्षको त्रैमाससम्म करिब ६२ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष ३४ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको थियो।

5320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका