जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनएमबि बैंकले दराज नेपालका बिक्रेतालाई बिना धितो कर्जा दिने, पाँच लाखसम्म ऋण

एनएमबि बैंकले दराज नेपालका बिक्रेतालाई बिना धितो कर्जा दिने, पाँच लाखसम्म ऋण

एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरुलाई बिना धितो कर्जा उपलब्ध गराउने भएको छ। दुबै संस्थाबीच भएको समझदारी अनुसार, विद्युतीय माध्यममार्फत बिना धितो कर्जा उपलब्ध गराइने छ।

बिशेषगरी बैंकिङ पहुँच कम भएका, उत्पादनशिल उद्यमसँग जोडिएका, स्टार्टअप फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोबारको आधारमा ऋण उपलब्ध गराइने छ।

बैंकले ५ लाख रुपैयाँसम्मको चालु पुँजी कर्जाका रुपमा ऋण उपलब्ध गराउने छ। सम्झौतापत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन्।

घिमिरेले अर्थतन्त्रको बास्तविक क्षेत्र तथा डिजिटलाईजेशलाई प्राथमिकता दिईरहेकाहरुलाई ऋण उपलब्ध गराइने बताए। उनले ग्राहकहरुले अनलाईनमार्फत आवेदन दिएको केहि मिनेटभित्रै कर्जा उपलब्ध गराउने बताए।

कर्जा कागजरहित, झन्झटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकोले सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैंक लिएको यो प्रयास कोशेढुंगा सावित हुने उनले बताए।

4010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका