जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेपाल लाइफका स्मृतिराज कडेलले दिएको राजिनामा स्वीकृत

नेपाल लाइफका स्मृतिराज कडेलले दिएको राजिनामा स्वीकृत

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नायव महाप्रवन्धक स्मृतिराज कडेलले दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीले जिम्मेवारी घटाइदिए पछि कडेलले पदबाट राजिनामा दिएका हुन् । राजिनामा दिएर उनि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा जादै छन् ।

चारवटा प्रदेशको जिम्मेवारी सम्हाल्दै आएका कडेललाई लुम्बिनी प्रदेश प्रमुखको मात्रै जिम्मेवारी दिएको थियो । जिम्मेवारी घटुवा गरे सँगै उनि असन्तुष्ट थिए । कडेल भन्दा जुनियरलाई बागमती प्रदेशको जिम्मेवारी दिएर उनलाई भने लुम्बिनी प्रदेशको मात्रै जिम्मेवारी दिइएको थियो ।

बजारमा स्थापित र ब्राण बनाएका कर्मचारीलाई टिकाउन नसकेका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीलाई अर्को धक्का पुगेको छ । उनले आफ्नै टिम बनाएर काम गर्न खोजिरहेका थिए । तर उनले आफ्नो टिम बनाएर काम गर्न नसक्दा अर्को धक्का पुगेको छ ।

एलआइसी नेपालको वागमती प्रदेशको रुपमा कार्यभार सम्हाल्दै गर्दा उनि २०७८ सालमा गुराँस लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा भित्रिएका थिए । गुराँस लाइफको नायव प्रमुख कार्यकारी अधिकृत सम्हाल्दै आएका कडेल नेपाल लाइफ भित्रिएका थिए । यसरी दुई वर्षको दौरानमा तीन वटा कम्पनीमा काम गरेर चौथो कम्पनीमा प्रवेश गर्दै छन् ।

1000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका