जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • पशुपति बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा

पशुपति बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा

 पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको आइतबारको मन्त्रिस्तरीय निर्णयले पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।

ललितपुरको कुमारीपाटीमा मुख्य कार्यालय रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्दै मन्त्रालयले सहकारी व्यवस्थापन समितिको कार्यलयलाई पत्राचार गरेको छ ।

सहकारी विभागले विभागले गत फागुन २९ गते समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । लामो समयदेखि बचतकर्ताको बचत फिर्ता नगरेपछि सहकारी विभागले पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिबी लामालगायत सञ्चालकलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जेठ १९ गते नै पत्राचार गरिसकेको छ ।

विभागले सीआईबीलाई पत्र पठाएको केही समयमा नै बचत फिर्ता लिएर बोलाएर कतै बचतकर्तालाई झुक्याउन त खोजेको हैन भन्ने अन्यौलता पनि सिर्जना भएको उल्लेख छ ।

विभागले सहकारीका अधयक्षलगायत पदाधिकारीलाई पटक–पटक स्पष्टीकरण सोधेको तर जवाफ चित्त नबुझेपछि पक्राउका लागि पत्रचार गरेको बताएको छ । सहकारीले बचतकर्ताको पैसा लिएर फिर्ता नगरेको भन्दै साढे ३ वर्षदेखि विभागमा उजुरी गुनासो आउने क्रम बढेको थियो । उजुरी र गुनासो बढेपछि विभागले अध्यक्षलगायत सञ्चालकलाई बचतकर्ताको पैसा फिर्ता गर्न तथा संस्थालाई सहकारी ऐन र नियमावलीअनुसार सञ्चालन गर्न पटक-पटक लिखित तथा मौखिक निर्देशन दिँदै आएको थियो ।

कुनै पनि निर्देशन पालना गर्न अटेर गरेको तथा बचतकर्ताको पैसा फिर्ता नदिएकाले पक्राउका लागि पत्राचार गरिएको विभागले जनाएको छ ।

कुनै सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेमा, संस्था समस्यामा परेमा विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गर्ने गरेको छ । मन्त्रालयले घोषणा गरेपछि सहकारी व्यवस्थापन समितिको कार्यालयले थप काम अघि बढाउने छ । अहिलेसम्म सहकारीले ठगेको भन्दै ५३ करोड रुपैयाँभन्दा बढीको माग दाबी विभागमा परेको बताइएको छ । विभाग स्रोतका अनुसार करिब १ अर्ब रुपैयाँ जति बचत फिर्ता गर्न बाँकी देखिएको छ । सहकारीले धेरै पैसा जग्गामा लगानी गरेको पाइएको छ ।

860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका