जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त शाह र भाटभटेनी सञ्चालकसहित ७ पक्राउ

ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त शाह र भाटभटेनी सञ्चालकसहित ७ पक्राउ

ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पूर्वनिर्वाचन आयुक्त शाह र भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जनालाई पक्राउ गरेको हो ।

त्यस्तै मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख एवं पूर्वसहसचिव कलाधर देउजा, खरिदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसीलाई पक्राउ गरेको हो ।

शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ सम्म निर्वाचन आयुक्त थिए । गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत शाह भक्तपुर मालपोत कार्यालयमा थिए ।

राणा परिवारसँगको नाता पर्ने उनले ललिता निवासको जग्गा हत्याउने क्रममा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ । शाहले पाएको १ रोपनी ११ आना जग्गा पत्नी उर्मिला शाहको नाममा नामसारी गरेको बुझिएको छ ।

उनीहरूलाई आजै सरकारी कागजात किर्तेमा म्याद थप गर्ने तयारी छ । ललिता निवास प्रकरणमा जोडिएका अरु केही व्यक्तिको पनि प्रहरीले खोजी भइरहेको जनाएको छ ।

1320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?