

बैंकिङ प्रणालीमा निक्षेप बढेर ५६ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप बढेर ५६ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ। गत असार १४ गतेसम्म कुल निक्षेप ५५ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो। यो २ दिनमा कुल निक्षेप ९ अर्ब रुपैयाँले बढेको छ।
यसैगरी यो २ दिनको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि ८ अर्ब रुपैयाँले बढेको छ। गत असार १४ गतेसम्म वाणिज्य बैंकहरुको कुल ४९ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा असार १६ गतेसम्म बढेर ४९ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले बढेको छ। गत असार १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खर्ब ५९ अर्ब रुपैयाँ रहेकोमा साउन १६ गतेसम्म बढेर ४८ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ।
निक्षेप थपिने क्रम बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो घटेर असार १६ गतेसम्म ८३.५५ प्रतिशतमा झरेको छ। गत असार १४ गतेसम्म औसत सीडी रेसियो ८३.६२ प्रतिशत थियो।
असार १६ गतेसम्म अन्तरबैंक ब्याजदर पनि घटेर ३.५७ प्रतिशतमा झरेको छ। गत असार १४ गतेसम्म अन्तरबैंक ब्याजदर ५ प्रतिशत रहेको थियो।