जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नारायणी डेभलपमेन्टको अर्को प्रस्ताव: फेरि २००% जारी गर्ने

नारायणी डेभलपमेन्टको अर्को प्रस्ताव: फेरि २००% जारी गर्ने

कतिपय वाणिज्य बैंकहरुभन्दा निकै राम्रो सेयर मूल्य रहेको नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयरको प्रस्तावसहित माघ १६ गते वार्षिक साधारणसभा डाकेको छ।

करिब ६ महिनाअघि समस्याग्रस्तबाट मुक्त भएको बैंकले फेरि पनि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ। बैंकले चुक्ता पुँजी ६ करोड ५६ लाख रुपैयाँको सत् प्रतिशत हकप्रद जारी गर्ने तयारी गरिरहेको छ।

यो जारीपछि चुक्ता पुँजी १३ करोड १२ लाख कायम हुन्छ। यसपछि पनि बैंकले एक बराबर २ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा  लग्ने भएको छ। यसपछि चुक्ता पुँजी ३९ करोड ३७ लाख रुपैयाँ पुग्ने छ। चुक्ता पुँजी ५० करोड पुर्‍याउनुपर्ने नियामकीय प्रावधान छ।

बैंकले उपयुक्त संस्थासँग मर्जर वा प्राप्तिका लागि पनि साधारणसभामा एजेण्डा लैजाँदै छ। बाँकी पुँजी आफैं हालेरभन्दा पनि मर्जरबाट पुर्‍याउने बैंकको रणनीति देखिन्छ।

कारोबार सुरु भएपछि सेयर मूल्य ३०० रुपैयाँबाट बढ्न थालेर एक महिनाभन्दा छोटो अवधिमा साढे ६ सय रुपैयाँ हाराहारीसम्म पुगेको थियो। संस्था गत साउन ८ गते समस्याग्रस्त स्थितिबाट मुक्त भएको थियो।

सञ्चालक र ब्यवस्थापनको मिलेमतोमा ऋण दुरुपयोग भएर खराब कर्जा उच्च दरले बढेपछि राष्ट्र बैंकले यसलाई २०७० चैत २७ गते समस्याग्रस्त घोषणा गरेको थियो। गत असोजको वित्तीय विवरण अनुसार कम्पनीको खराब ऋण अझै ७२.९८ प्रतिशत छ। संस्था ४७ लाख रुपैयाँ घाटामा छ

4735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका