जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गुराँस लाइफको बीमा शुल्क आर्जन ६५ प्रतिशतले सुधार

गुराँस लाइफको बीमा शुल्क आर्जन ६५ प्रतिशतले सुधार

गुरास लाइफको खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन ६५.१८ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले तीन अर्ब ६८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन तीन अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको खुद नाफा २७.७७ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा १२ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको हो । पुराना जीवन बीमा कम्पनीहरु मध्ये सबै कमजोर अवस्थामा रहेको गुराँस लाइफले यस वर्ष अधिकाम्स सूचकमा सुधार गरेको छ ।

जीवन बीमा कोष ३८ प्रतिशतले बढाएर १० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । चुक्ता पूँजी एक अर्ब ९७ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५३ करोड ८४ लाख रुपैयाँ जम्मा भएको छ । दिर्घकालिन कर्जा पनि ६५ प्रतिशतले सुधार भइ २ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ ।

बीमितले आफ्नो बीमालेख धितोमा राखेर एक अर्ब रुपैयाँ कर्जा लिएका छन् । यस्तो कर्जा अघिल्लो वर्षको तुलनामा ९३.७९ प्रतिशतले बढेको हो । विभिन्न क्षेत्रमा गरिएको लगानीबाट कम्पनीले ८५ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

खुद दाबी भुक्तानी २९ प्रतिशतले बढेर ६६ करोड २७ लाख रुपैयाँ पुगेको छ । अभिकर्ताले जीवन बीमा पोलिसी ल्याए बापत प्राप्त गर्ने अभिकर्ता कमिसन १०८ प्रतिशतले बृद्धि भएको छ । अभिकर्ताले गत वर्ष ५३ करोड ४२ लाख रुपैयाँ कमिसन बुझेका छन् । यस वर्ष बीमालेख संख्या भने ६ प्रतिशतले घटेको छ । हाल कायम बीमालेखको संख्या एक लाख ५४ हजार वटा रहेको छ । प्रतिशेयर आम्दानी ६ रुपैयाँ भए पनि प्रतिशेयर नेटवर्थ भने १३० रुपैयाँ छ ।

2305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका