जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • प्रभु बैंकको नुवाकोट बट्टार शाखाले दियो पञ्चकन्या गाउँपालिका कृषकलाई ४० लाख सहुलियतपूर्ण कर्जा

प्रभु बैंकको नुवाकोट बट्टार शाखाले दियो पञ्चकन्या गाउँपालिका कृषकलाई ४० लाख सहुलियतपूर्ण कर्जा

प्रभु बैंकले नुवाकोटको पञ्चकन्या गाउँपालिका कृषि तथा पशु उद्यमीहरुलाई सहुलियतपूर्ण कृषि कर्जा दिएको छ ।

बैंकको बट्टार शाखा कार्यालयले गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशीलता काम गरिरहेका उद्यमीहरुलाई ४० लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रदान गरेको हो । प्रभु बैंकको बट्टार शाखाकार्यालयबाट हेफर इंटरनेशनल नेपालको सहकार्यमा सो कर्जा दिइएको हो ।

नुवाकोटको बट्टारमा एक कार्यक्रमका बीच पन्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल, प्रभु बैंकका ग्लोबल मार्केट प्रमुख सुजेन शाक्य र प्रभु बैंकका माईक्रोफाइनाईन्स विभाग प्रमुख प्रविन कुमार दहालले संयुक्त रुपमा कृषि तथा पशु उद्यमीहरुलाई ४० लाख रुपैयाँको सहुलियतपुर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरेका हुन् ।

आधारशिला र अनुशासित सामाजिक उद्यमी महिला सहकारी संस्थाका कृषकहरुलाई सहूलियतपूर्ण ऋण प्रदान गरेको बताइएको छ ।

2715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका