जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • शिवशिखर सहकारी प्रकरणः सिआइबीले ६ बैंकसँग माग्यो विवरण

शिवशिखर सहकारी प्रकरणः सिआइबीले ६ बैंकसँग माग्यो विवरण

सञ्चालकको बदमासीले चुर्लुम्ब डुबेको शिव शिखर सहकारीले विभिन्न बैंकबाट ऋण लिँदा राखेको धितोको विवरण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मागेको छ । शिवशिखरले विभिन्न ६ बैंकबाट ४ अर्ब ६५ करोड रुपैयाँ ऋण लिएको पाइएपछि सिआइबीले धितोको विवरण मागेको हो।

सहकारीका अध्यक्ष केदारनाथ शर्माले नेपाल एसबिआई बैंक, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक र प्रभु बैंकबाट ४ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी ऋण लिएको बयान दिएका छन् ।

शिवशिखर सहकारीमा एसबिआईले १ अर्ब ७५ करोड, हिमालयनले ९० करोड, एनआइएमबीले ७५ करोड, माछापुच्छ्रले ७० करोड, नबिलले २० करोड र प्रभु बैंकले ३५ करोड ऋण दिएको शर्माले बयान दिएका छन्। शर्माकै बयान आधार बनाएर सिआइबीले बैंकले धितो लिएर ऋण दिएका हुन् कि होइनन् भनेर जाँच गर्न विवरण मागेको हो।
सिआइबीले गत साता बैंकहरूसँग विवरण मागे पनि अहिलेसम्म बैंकले पठाएका भने छैनन्।

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिवशिखर सहकारीको १४ अर्ब रुपैयाँ निक्षेप हिनामिना गरेको पुष्टि भएपछि संस्थाका अध्यक्ष शर्मासहित सञ्चालक अमिस राजभण्डारी, हिनामिनामा संलग्न गीता शर्मा र पुष्कर मल्ललाई सिआइबीले पक्राउ गरिसकेको छ।

सहकारी हिनामिनाको आरोप लागेपछि फरार भएका शर्मालाई केहि दिन अघि पक्राउ गरेको थियो । उनीसहितको समूहमाथि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कौशलटार, भक्तपुरमा कार्यालय रही नेपालका ३५ जिल्लामा सेवा केन्द्र रहेको सहकारीका शाखा कार्यालयमा एक लाख ६८ हजार सात सय २५ निक्षेपकर्ता सदस्यको १० अर्ब ७७ करोड ७६ लाख लाख रकम हिनामिना गरेको आरोप छ ।

3165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका