जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आईएमएस ग्रुपको मास्क अर्को सातादेखि बजारमा, ५ रुपैयाँ मै पाईने

आईएमएस ग्रुपको मास्क अर्को सातादेखि बजारमा, ५ रुपैयाँ मै पाईने

आईएमएस ग्रुपले आगामी सातादेखि बजारमा नयाँ मास्क ल्याउने भएको छ । मोबाइल बजारमा ख्याती कमाएको सामसुङ मोबाइल बिक्रेता आईएमएस ग्रुपले आगामी सातादेखि बजारमा नयाँ उत्पादन ‘माक्स’ ल्याउन लागेको हो । आगामी साताको पहिलो दिन आइतबारदेखि नै बजारमा माक्स ल्याउने तयारी गरिएको गु्रपका अध्यक्ष दिपक मलहोत्राले जानकारी दिए ।

कोराना भाइरसका कारण बजारमा माक्स हाहाकार भएपछि उनले माक्स उत्पादन गर्न लागेका हुन् ।  ‘सम्भवतः आइतबारदेखिनै आईएमएस ग्रुपको माक्स बजारमा आउँछ,’ उनले भने ‘आज मंगलबार माक्स बनाउने मेशिन भैरहवा भन्सारबाट छुट्छ ।’ ‘आपतकालीन यो अवस्थामा सामाजिक उत्तरदायित्व पुरा गर्न र माक्स नपाएर अतालिएका उपभोक्तालाई राहत दिन मैले मास्क उत्पादन गर्न लागेको हुँ,’ उनले भने ।

मलहोत्राले मेशिन आईपुगेपछि दुई दिन जडान गर्न लाग्ने र त्यसपछि उत्पादन शुरु हुने बताए  । ढिलामा पनि बुधबार बेलुकासम्म काठमाडौं मेशिन आइपुग्छ,’ उनी भन्छन् ‘दुई दिन जडान गर्न लाग्छ र तेस्रो दिनदेखि उत्पादन शुरु हुन्छ ।’ साउट इण्डियाबाट मेशिन मगाएको हुँ,’ यी मेशिनबाट दैनिक ७० हजार माक्स उत्पादन हुन्छ ।’ माक्सका लागि आवश्यक कच्चा पदार्थ नेपालमै भएको र त्यसको व्यवस्था मिलाइसकेको पनि बताए ।

माक्समा राख्ने इलाष्टिक र भित्रको फिल्टर पेपर नेपाली बजारमा छैन । तर, त्यसको पनि व्यवस्था गु्रपले मिलाइसकेको छ । ‘यो टेण्डर होइन म आफैले चासो देखाएर गर्न लागेको हुँ । मात्र सरकारले मेशिन कारखानासम्म ल्याउन सकजीकरण गरिदिए हुन्छ । भन्सार महसुल र मूल्य अभिवृद्धि कर सरकारलाई तिर्छु । मात्र मैले सरकारबाट भन्सारमा मेशिन नरोकिएयोस भन्ने चाहेको छु,’ उनले भने । ललिपुरको लुभुमा रहेको गोथेरा क्लोेथिङ प्राइभेट लिमिटेड(गार्मेन्ट) ले उक्त माक्स उत्पादन गर्ने छ  ।

‘अहिलेको माक्स क्राइसिसलाई व्यवस्थापन गर्न मात्र लागेका हुँ,’ उनले भने ‘ यो मेशिनबाट ब्याग समेत सिलाउन मिल्ने भएकोले पछि उक्त मेशिन सोही गार्मेन्टलाई कम मूल्यमा दिन्छु ।’ यो मैले व्यवसायिक प्रयोजनले नभइ विशुद्ध सामाजिक भावनाले गर्न लागेको हुँ । एउटा माक्स उत्पादन गर्न कष्ट अफ प्रडक्सन नै ७ रुपैयाँ पर्छ । मैले उपभोक्तालाई ५  रुपैयाँमा माक्स उपलब्ध गराउँदै छु । औषधि व्यवसायी संघले माक्स बिक्री गर्न मागेको छ । उनीहरूलाई भने उनले प्रति माक्स ७ रुपैयाँ (उत्पादन मूल्य) मा उपलब्ध गराउने छन् ।

उपभोक्तालाई ५ रुपैयाँमा माक्स कसरी उपलब्ध गराउने त भन्दा उनको जवाफ सरल छ –‘मेरो नेपालभर ३१ वटा मोबाइल शोरुम छन् । त्यहि शोरुमबाट म आम उपभोक्तालाई दैनिक २० वटाको दरले माक्स उपलब्ध गराउँछु ।’  ‘माक्स किन्नको लागि सेलपेबाट पैसा भुक्तानी गर्नुपर्छ । सेलपे  एपमै म माक्स भनेर राख्छु र सेलपेबाटै भुक्तानी गराउँछु ।’

मेरो उद्देश्य भनेको उपभोक्तालाई सस्तोमा माक्स उपलब्ध गराउने हो । आधा सामान म ७ तै  रुपैयाँमा बेच्छु र आधा  उपभोक्तालाई उत्पादन लागतभन्दा दुई रुपैयाँ कममा दिन्छु  ।  कष्ट अफ प्रडक्शनभन्दा पनि कम मूल्यमा राहत स्वरुप दिन लागेको माक्स भएकोले यसमा कालोबजारी नहोस् भन्ने चाहना मलहोत्राको हो ।

के हो सेलपे ?

सेल टेलकमले बनाएको सेलपे एक एप हो । सेलपे डिजिटल पैसा भुक्तानी गर्ने एक प्रणाली हो । यो वालेट होइन सिधै बैंक खाताबाट चलाउने हो । २७ वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकमा सेलपे सिष्टम सञ्चालनमा छ । सेलपे सिष्टम लागू नभएका बैंकमा खाता भएका ग्राहकले सेलपे एप चलाउन पाउँदैनन् । अहिले सेलपे डाउनलोड गर्ने ३५ हजार छन् भने केवाईसी भेरिफाइ भएका भने करिब १५ हजार छन् ।

प्रत्येक नेपालीको एउटा न एउटा बैंक तथा वित्तीय खाता छ भन्ने मान्यता राख्दै सेलपे मार्फत माक्स किन्न म उपभोक्तालाई आग्रह गर्छु,’ उनले भने । सामसुङ शोरुममा रहेका कर्मचारीले नै सेलपे समेत चलाउन सिकाउने मलहोत्राले बताए । गत साता चेम्बर अफ कर्मशमा भएको छलफलमा मलहोत्राको संयोजनमा माक्स समस्या समाधान गर्ने गरी भनिएको थियो ।

4725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका