जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बैंकहरुको सीडी रेसियोमा सुधार

बैंकहरुको सीडी रेसियोमा सुधार

कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)मा सुधार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस २ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ८६ प्रतिशत तल झरेको छ। गत मंसिर २७ गतेसम्म औसत सीडी रेसियो ८६.१५ प्रतिशत रहेकोमा पुस २ गतेसम्म झरेर ८५.९२ प्रतिशत कायम भएको छ।

पछिल्लो ४ दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २३ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५२ खर्ब २८ अर्ब रुपैयाँमा रहेकोमा पुस २ गतेसम्म बढेर ५२ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप बढेसँगै बैंकहरुको सीडी रेसियो झरेको हो। यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १८ अर्ब रुपैयाँले बढेको छ। पुस २ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ४६ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २७ गतेसम्म कुल निक्षेप ४६ खर्ब ७ अर्ब रुपैयाँ थियो।

यो चार दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १ अर्ब रुपैयाँ बढेको छ। गत मंसिर २७ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ५८ अर्ब रुपैयाँ रहेकोमा पुस २ गतेसम्म बढेर ४७ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ। पुस २ गतेसम्म अन्तरबैंक ब्याजदर पनि घटेर ६.७१ प्रतिशतमा झरेको छ।

1820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका