जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • खल्तीद्वारा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीका लागि एप्लाइड फिनटेक पाठ्यक्रम सुविधा

खल्तीद्वारा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीका लागि एप्लाइड फिनटेक पाठ्यक्रम सुविधा

भुक्तानी सेवा प्रदायक खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा स्नातक तहका विद्यार्थीहरूलाई ‘अप्लाइड फिनटेक इन्जिनियरिङ् कोर्स’ अध्ययन गर्ने सुविधा उपलब्ध गराएको छ।

फिन्टेकमा रुचि राख्ने स्नातक तहका विद्यार्थीहरू सहभागी हुन सक्नेछन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्नातक तहमा ‘इलेक्ट्रोनिक्स र कम्प्युटर’ विषय अध्ययनरत विद्यार्थीहरूले यस विषयलाई अन्तिम सेमेस्टरमा छनोट गर्न सक्नेछन्।

शिक्षा प्रणालीलाई अझै उत्कृष्ट बनाउन व्यवहारिक शिक्षाको महत्वपूर्ण भूमिका रहेको अवस्थालाई ध्यानमा राख्दै खल्तीले अप्लाइड फिनटेक इन्जिनियरिङ् पाठ्यक्रम उपलब्ध गराएको हो ।

शिक्षा र व्यावहारिक जीवनमा देखिएको खाडललाई परिपूर्ति गर्ने उद्देश्यका साथ खल्तीले उपलब्ध गराएको पाठ्यक्रममा विद्यार्थीहरूले फिनटेक कम्पनीको बारेमा त्यहाँका सदस्यहरूबाट प्रत्यक्ष रूपमा सैद्धान्तिक शिक्षा पाउनुका साथै व्यवहारिक ज्ञानलाई नजिकबाट नियाल्दै खल्तीको आफ्नै कार्यालयमा काम गर्दै अनुभव गर्ने मौका पाउनेछन्।

खल्तीका सञ्चालक समितिका सदस्य अमित अग्रवालले फिनटेक क्षेत्रमा निकै समय अघिदेखि आबद्ध भएको उल्लेख गर्दै फिनटेक क्षेत्रमा आउन चाहने युवाहरूलाई पाठ्यक्रममार्फत् नै आवश्यक सिप र ज्ञान प्रदान गर्ने उद्देश्य रहेको बताएका छन् ।

साथै उनले. आगामी दिनमा अरू संस्थाहरूले पनि यस्तैखालको विभिन्न पाठ्यक्रमहरूको सृजना गरि शैक्षिक र व्यवहारिक ज्ञानमा रहेको अन्तरलाई कम गर्न मद्दत गर्नुपर्ने पनि बताएका छन् ।

685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?