नेपाल राष्ट्र बैंकले समयमा नै कर्जा र ब्याज भुक्तानी गर्न सबैलाई आग्रह गरेको छ ।
समयमा नै कर्जा र साँवा र ब्याज भुक्तानी नगरेमा कालो सूचीमा पर्ने, कारबाहीमा पर्ने, जरिवाना तिर्नु पर्ने केन्द्रीय बैंकले सूचनामा जनाएको छ ।
समयमै ब्याज नतिर्दा कालो सूचीमा पर्ने र धितो समेत लिलाम हुन सक्ने छ ।
कर्जा लिएपछि कजार र ब्याज तिर्नु ऋणीको दायित्व हुने स्मरण गराउँदै बैंकले समयमा नै कर्जा नतिरेको खण्डमा कालो सूचीमा पर्ने, बैंकले ऋण नदिन र खाता समेत खोल्न नपाउने जनाएको छ ।