जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बजेट लेख्न अर्थको ढोका बन्द, मन्त्रालय बाहिर आयोजना ल्याउनेको भीड

बजेट लेख्न अर्थको ढोका बन्द, मन्त्रालय बाहिर आयोजना ल्याउनेको भीड

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक हुन ४८ दिन बाँकी छ । गत शुक्रबार अर्थ मन्त्रालयका सहसचिव भुपाल बरालको संयोजकत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन भएसँगै अहिले बजेट तथा कार्यक्रम महाशाखाको ढोका बन्द गरिएको छ ।

बजेट लेखन समितिले बैशाख २१ गतेभित्र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्नेछ । हरेक वर्षको जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बिग्रिएको अर्थतन्त्र सुधार्न सक्ने गरी आगामी बजेट बनाउनुपर्ने चुनौती सरकारलाई छ ।

बढ्न थाल्यो भीडभाड

देश संघीयतामा गएसँगै गाउँगाउँमा सिहंदरबार पुगेको भनिए पनि बजेट निर्माणको संघारमा रहेको सिहंदरबारभित्र यतिबेला भीडभाड बढ्न थालेको छ । सिंहदरबारभित्रको अर्थमा अन्य मन्त्रालयभन्दा तुलनात्मक रुपमा भीडभाड बढी देखिन्छ ।

बजेट तथा कार्यक्रम महाशाखामा ढोका बन्द गरेर बजेट निर्माण थलिए पनि सोभन्दा बाहिर भने मानिसहरुको लर्को देखिन्छ । अहिले कुनै पनि आयोजना सीधै मन्त्रालयमा ल्याउन पाइँदैन । यदि कुनै आयोजना बजेटमा पार्नुपर्ने भए प्रोजेक्ट बैंक (आयोजना बैंक)मार्फत जानुपर्ने हुन्छ । तर, त्यही प्रोजेक्ट बैंकमा इन्ट्री गरेको आयोजनालाई नै आगामी बजेटमा पारिदिन भन्दै अर्थ मन्त्रालयसम्म धाइरहेको देखिन्छ ।

राष्ट्रिय योजना आयोगले २०७६/७७ देखि विद्युतीय प्रणालीमा आधारित रहेर आयोजना प्रस्ताव आह्वान गर्ने, संकलन तथा मूल्यांकन र छनोट गरी अर्थ मन्त्रालयलाई सिफारिस गर्दै आएको छ । मन्त्रालयले सोहीअनुसारका आयोजना परे नपरेको जानकारी बजेटमार्फत सार्वजनिक गर्ने गरेको छ ।

800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?