जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • को-को उद्योगी व्यवसायी तथा बैंकर्स विभूषित भए ?

को-को उद्योगी व्यवसायी तथा बैंकर्स विभूषित भए ?

विभिल्ल उद्योगी व्यवसायीहरुलाई सरकारले विभूषित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा विभिन्न उद्योगी व्यवसायीलाई विभूषित र पदक गरेकी हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ को अवसरमा विभूषण र पदक प्रदान गर्ने घोषणा गरेको थियो । सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट उनीहरुलाई सम्मान गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति भण्डारीले सुकीर्तिमय राष्ट्रदीपबाट एनआरएनका संस्थापक अध्यक्ष तथा नबिल बैंकका अध्यक्ष डा. उपेन्द्र महतो, प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन, नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष सुरेन्द्र बिर मालाकार र कैलाशचन्द्र गोयललाई सम्मान गरेकी हुन् ।

त्यस्तै, राष्ट्र भण्डारीले सुप्रवल जनसेवाश्री पदकबाट उद्योगी व्यवसायी ध्रुव कुमार श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, व्यवसायी राजेन्द्र खेतान, नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवाल, उद्योगी व्यवसायी शिवरतन सारदा, उद्योगी व्यवसायी साहिल अग्रवाललाई सम्मानित गरेकी हुन् ।

बीमा क्षेत्रबाट भने दिप प्रकाश पाण्डे र सुनिल बल्लभ पन्तले प्राप्त गरेका छन् । सरकारले संबिधान दिवसका अवसरमा बिभिन्न ९ सय ३ जनालाई बिभिन्न मानपदवी र बिभुषण दिने निर्णय गरेको हो ।

त्यस्तै, निर्माण व्यवसायी रमेश शर्मा, सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड, न्यौपाने समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायत पनि विभूषित भएका छन् । अर्जुनमान सैंजु, गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल, अम्बिकाप्रसाद पौडेल, सञ्जयकुमार खेतान, राजु ढकाल, गोकुल भण्डारी, देवकृष्ण मुण्दडा, कमलकिशोर मालपानी, रविना देशराज श्रेष्ठ पनि विभूषित भएका छन् ।

राधेश्याम हलुवाई, दीलप्रकाश भट्ट, चन्द्र ढकाल, अम्मरबहादुर बानियाँ, सागर थापा, प्रेमकण्ठ श्रेष्ठ, चुन्नप्रसाद पौडेल, नरिश्वर शर्मा, सुनिलबल्लभ पन्त, दिपप्रकाश पाण्डे, बद्री गुरागाँई, सौरभ दुगड, चिन्तामणी न्यौपाने नारायण बजाज, राजेन्द्र मल्ल, कमलकिशोर मालापनी, यादवसिंह कार्की, विनोद ज्ञावाली लगायतका उद्योगी व्यवसायीले पनि पद पाएका हुन् ।

जसमध्ये राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा बीमा क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेकी हुन् । शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले बीमा क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै प्रवल जनसेवा श्री पदक प्राप्त गरेका हुन् ।

3880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका