जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • २९% बोनससहित ३०.५२६३% लाभांश दिने एनआईसी एसिया बैंकको घोषणा

२९% बोनससहित ३०.५२६३% लाभांश दिने एनआईसी एसिया बैंकको घोषणा

एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आज बिहान १० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल ३०.५२६३ प्रतिशतले हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २९ प्रतिशतले हुन आउने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशतले हुन आउने १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी बैंकले वितरण गर्नेछ।

3540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?