जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त ६ जनाकै मृत्यु

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त ६ जनाकै मृत्यु

मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापास स्थित लिखुपिकेमा दुर्घटना भएको बुझिएको छ । लिखुपिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले हेलिकप्टर दुर्घटना भएको बताएका हुन् ।

‘हामीले वडा कार्यालयलाई सम्पर्क गरिरहेका छौं, अहिलेसम्मको जानकारी अनुसार हेलिकप्टर दुर्घटना भएको भन्ने सुनिएको छ, हेलिकप्टर क्षतिग्रस्त अवस्थामा भेटिएको छ, अवस्था सकसपूर्ण रहेको जानकारी आएको छ,’ उनले भने ।

मंगलबार लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कबिहीन भएको थियाे । त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कबिहीन भएको हाे । हेलिकप्टरमा नेपाली पाइलट र पाँच जना विदेशी नागरिक छन् ।

890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?