जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • ११.७९% निश्चित ब्याजदरमा कुमारी बैंकको आकर्षक घर कर्जा

११.७९% निश्चित ब्याजदरमा कुमारी बैंकको आकर्षक घर कर्जा

कुमारी बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै ग्राहकको मागलाई ध्यानमा राख्दै नविन र ग्राहकमैत्री योजनाहरु ल्याउँदै आएको छ। सोही मागलाई मध्यनजर गर्दै कुमारी बैंकले यसपालि निश्चित ब्याजदरमा आकर्षक घर कर्जा ल्याएको छ।

यस योजनाअनुसार सेवाग्राहीले ११.७९% निश्चित ब्याजदरमा घर कर्जाको सुविधा उपयोग गर्न सक्नेछन्। यस घर कर्जा योजनामा पहिलो ७ वर्षसम्म ब्याजदर निश्चित रहनेछ। ऋण प्राप्त गरेपश्चात ग्राहकले सो ऋणको रकमलाई नयाँ घर÷ अपार्टमेन्ट खरिद गर्न र घर निर्माण तथा अन्य थप निर्माण कार्य गर्न पनि प्रयोग गर्न सक्छन्।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ। आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।
4005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?