जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • नबिल बैंकद्वारा १२.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय

नबिल बैंकद्वारा १२.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय

नबिल बैंक लिमिटेडको मंसिर १९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नेपाल राष्ट्र बैंकले स्वीकृत दिएमा आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो।

अर्थात् शेयरधनीलाई प्रतिकित्ता शेयर बराबर १२.५० रुपैयाँ वितरण गरिनेछ र यसमा लाग्ने कर शेयरधनीले नै तिर्नु पर्नेछ। यो प्रस्ताव बैंकको अब हुने साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिने बैंकले जानकारी दिएको छ।

900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका